ad ad

राजनीति


गृहमन्त्री भन्छन्- लक्ष्मी महतोको पक्राउबारे चाँडै रिजल्ट आउँछ

गृहमन्त्री भन्छन्- लक्ष्मी महतोको पक्राउबारे चाँडै रिजल्ट आउँछ

फाइल।


नेपालखबर
माघ ७, २०७९ शनिबार १७:५३, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने प्रक्रिया सुरु गरिसकेको बताएका छन्। 

संसद भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग छलफल गर्दै लामिछानेले सो कुरा बताएका हुन्। ‘हामीले सुरुवात गरिसकेका छौं,’ उनले भने, ‘चाँडै रिजल्ट आइहाल्छ।’

आफू काम पनि गर्ने र विज्ञप्ति पनि निकाल्ने उनले बताए। छहामी काम पनि गर्ने, विज्ञप्ति पनि निकाल्ने हो।’ लामिछानेले भने।

गृह मन्त्रालयले शुक्रबार साँझ मात्रै एक विज्ञप्ति जारी गरेर पटक पटक आग्रह गर्दापनि प्रहरीले सांसद महतोलाई पक्राउ नगरेको भन्दै ध्यानाकर्षण जनाएको थियो। 

सो विषयमा आपत्ति जनाउँदै सांसद शनिबारको संसद बैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले प्रश्न गरेका थिए। ‘प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने गोपनियताको हक कहाँ रहने भयो?’ उनले प्रश्न गरेका थिए।

सो विषयको जवाफ दिँदै लामिछानेले भनेका छन्, ‘विज्ञप्ति एउटा जानकारी गराउनका लागि निकालिएको हो। सर्वसाधरणले सम्बोधन गरुन् भन्ने भएर विज्ञप्ति निकालेको हो।’

मधेश आन्दोलका क्रममा भएको झडपमा घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग महतोमाथि छ।

महोत्तरी क्षेत्र नम्बर २ बाट मंसिर ४ मा निर्वाचित उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए। 

हत्या आरोपित एमाले संसाद महतोले सांसद पदको शपथ लिइसकेका छन्।  बिहीबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न सभामुखले रुलिङ गर्नु आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .