राजनीति


सभामुखलाई कृष्णगोपाल श्रेष्ठको सुझाव- आँखा दुईतिरै लगाउनू, दल फुटाउन भूमिका नखेल्नू

सभामुखलाई कृष्णगोपाल श्रेष्ठको सुझाव- आँखा दुईतिरै लगाउनू, दल फुटाउन भूमिका नखेल्नू

नेपालखबर
माघ ७, २०७९ शनिबार १४:२४, काठमाडौँ

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनापर्नेमा जोड दिए। 

उनले विगतमा सभामुखबाट दल फुटाउने भुमिका खेलेको भन्दै अबको सभामुखबाट कुनैपनि त्यस्तो अपेक्षा नरहेको र विश्वास रहेको बताए।

‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ। तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन,’ सांसद श्रेष्ठले भने, ‘फुट्न लागेको दल छ भने पनि बचाउने हो। फुटाउन सघाउने होइन।’

सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भुमिका निभाइ निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने बताए। 

‘भोलि पनि त्यस्तो दिन आउनसक्छ, सभामुखज्यु तपाई कसैको स्वार्थमा नआउनुहोला, यदी जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ, म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न। पुराना सभासदको नाम पनि बिर्सिसकेँ,’ उनले भने, ‘तर फर्केर हेर्दा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरु कसैले भुमिका खेलेन, सभामुख जस्तो गरिमामय पदबाट त्यो भुमिका खेलियो, सभामुख र उपसभामुख सिंगो हलको रेफ्री हो। दायाँ र बायाँको बीचको आसन हो। त्यो आसन दायाँतिर वा बायाँतिर हेरेर बडील्यांग्वेज नदिनुस्। सिधा नजर लगाउनुस्। दुई वटा आँखा दुईतिर लगाउनुस्।’

सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .