राजनीति


उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गरे ८३ औं पटक रक्तदान

उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गरे ८३ औं पटक रक्तदान

नेपालखबर
माघ ७, २०७९ शनिबार १४:३०, काठमाडौँ

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन्।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आज शंखमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका अध्यक्ष लिङ्देनले ८३ औं पटक रक्तदान गरेका हुन्।

त्यस अवसरमा लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिड्दा हिड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कैयौंपटक रक्तदान गरेको स्मरण गरे।

युवा संगठनका संयोजक राजेश भट्टराईले १०० भन्दा बढी रक्तदाताले रक्तदान गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .