राजनीति


यी हुन् मन्त्रीमा ‘डेब्यु’ गर्ने सांसद

यी हुन् मन्त्रीमा ‘डेब्यु’ गर्ने सांसद

प्रचण्ड सरकारको क्याबिनेटमा मन्त्रीहरु


नेपालखबर
माघ ३, २०७९ मंगलबार १३:०, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा पाँच दलका १५ जना नयाँ सांसदले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन्।

तीन राज्यसहित २५ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था अनुसार २२ जना फुल मन्त्री बनाउँदा ९ नयाँले अवसर पाएका हुन्।

माओवादीले पाएको प्रधानमन्त्रीसहित ६ मन्त्रीमध्ये २ जना नयाँ छन्। बाँकी ४ जना पुरानै अनुहार हुन्।

यस्तै एमालेले ८ मन्त्री पाउँदा ६ जना नयाँ छन्। बाँकी दोहोरिएका हुन्। 

राप्रपाबाट २ नयाँले अवसर पाएका छन्। बाँकी १ जना दोहोरिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै मन्त्री नयाँ हुन्। 

मंगलबार विस्तार भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा माओवादीबाट सुदर किराती, अमनलाल मोदीले पहिलो पटक मन्त्रीको अवसर पाएका हुन्।

यी दुवैजनाले लगातार तीनपटक सांसद जितेका छन् र तेस्रो पटकमा बल्ल मन्त्री बन्ने अवसर पाएका छन्।

एमालेबाट धनकुटाका सांसद राजेन्द्रकुमार राई, पर्वतका सांसद पदम गिरी, बैतडीका दामोदर भण्डारी, सुनसरी ३ बाट निर्वाचित भगवती चौधरी, सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित हरि उप्रेती र राष्ट्रिय सभा सदस्य विमला शर्मा पौड्यालले पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन्। 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री तथा सांसद ध्रुबबहादुर प्रधानले पनि पहिलो पटक मन्त्रालयको नेतृत्व पाएका छन्। 

रास्वपाबाट सबै नयाँ
नयाँ पार्टी गठन गरेको ६ महिनामै प्रतिनिधि सभाको २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएका सबै मन्त्री नयाँ हुन्।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल पनि पहिलो पटक मन्त्रालय हाँक्दैछन्। 

त्यसैगरी जनमत पार्टीका अब्दुल खान पनि पहिलो पटक मन्त्री बन्दैछन्। जनमत अध्यक्ष डा. सीके राउतले मन्त्री नबन्ने बताएपछि उनले अवसर पाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .