राजनीति


चितवन जाँदै गृहमन्त्री रवि लामिछाने, विमानस्थलमा सर्वसाधारणसँगै चढे बस (भिडिओ)

चितवन जाँदै गृहमन्त्री रवि लामिछाने, विमानस्थलमा सर्वसाधारणसँगै चढे बस (भिडिओ)

नेपालखबर
पुस २८, २०७९ बिहिबार १०:३१, काठमाडौँ

उप-प्रधान तथा गृहमन्त्री रवि लामिछाने आज बिहीबार (२८ पस) चितवन जाँदैछन्। चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका लामिछाने बुद्ध एयरमार्फत बिहीबार चितवन जान लागेका हुन्। 

लामिछानेका सचिवालय संयोजक दीपक बोहराले चितवन जान लागेको जानकारी दिएका हुन्। चितवन जाने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणसँगै बसको यात्रा गरेका छन्। 

विमानस्थलको धवनमार्गदेखि जहाज भएको स्थानसम्म पुग्नका लागि लामिछानेले सर्वसाधारण चढेको बसमा यात्रा गरेका छन्। लामिछाने बसमा सवार भिडिओ सार्वजनिक गर्दै बोहराले भनेका छन्, ‘चितवन जाँदै छौं।’

भिडिओमा लामिछानेले सर्वसाधारणसँग गफ गरेको सुनिन्छ। सोही बसमा रहेकी एक महिलाले लामिछानेप्रति आफूहरुलाई आश भएको भन्दै प्रशंसा गरेकी छिन्। ‘अब राम्रो गरेर देश बनाउनपर्छ हामी बाँच्दै!’ उनले भनेकी छिन्। 

साथै, ती महिलाले राजादेखि राष्ट्रपतिसम्म भोगेको भन्दै घन्टौं लाइनमा बस्नपरेको बताएकी छिन्। जवाफमा गृहमन्त्री लामिछानेले ‘सँगै हिँड्ने’ प्रतिवद्धता जनाएका छन्।

भिडिओ: दीपक बाेहरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad