राजनीति


वादी समुदायको आत्मसम्मान रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गर्छौं– प्रधानमन्त्री

वादी समुदायको आत्मसम्मान रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गर्छौं– प्रधानमन्त्री

वादी समुदायका अगुवाले प्रधानमन्त्री प्रचण्डसँग गरेका भेटवार्ताका तस्बिरहरू : प्रचण्डको सचिवालय


नेपालखबर
पुस २३, २०७९ शनिबार १४:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन्। 

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई  तथा ज्ञापनपत्र दिन आएका वादी समुदायका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रीपरिषद्‌बाट निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने बताए।

 

‘म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनस्र्थापनाका लागि निर्णय गरेको स्मरण छ। इतिहासमैं पहिलोपटक राज्यले औपचारिक रूपमा वादी समुदायलाई सम्बोधन गरेको पौष २३ को दिनलाई विजयोत्सवका रूपमा मनाउनुपर्छ’, उनले भने, ‘वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं।’

वादी समुदायका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डलाई कार्यकाल सफलताको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनस्र्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले नै वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिक रूपमा सम्बोधन गरेकोमा धन्यवाद दिँदै उनीहखले अहिलेको कार्यकालमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad