राजनीति


कांग्रेसले पुस २६ मा नै सरकार ढाल्ने खुद्रा खेल खेलिरहेको छ : केपी ओली

कांग्रेसले पुस २६ मा नै सरकार ढाल्ने खुद्रा खेल खेलिरहेको छ : केपी ओली

सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली।


नेपालखबर
पुस २३, २०७९ शनिबार १४:३७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निर्वाचित सांसदहरू अगामी २६ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकालाई विश्वासको मत दिलाउन आग्रह गरेका छन्। शनिबार सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारविरुद्ध खुलेआम चलखेल भएको भन्दै सजग गराएका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘वी विल कम ब्याक’ भन्दै सरकार ढाल्ने प्रयास गरिरहेको भन्दै ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास धेरै भइरहेको छ। मााननीय सभापति शेरबहादुर देउवाले भन्नुभयो, वी वील कम ब्याप। हि डजन्ट डन्ट होएन दे कम ब्याक?,’ उनले भने, ‘संकेत उहाँहरुले २६ गते नै ढाल्छौं र आउँछौं भन्नुभयो। उहाँहरु यस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’

देउवा अन्य कुनै दलको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री बनाउन भनिरहेको भन्दै ओलीले संविधानको धारा समेत सम्झाएका छन्।

‘पार्टीहरुमा मानिरहनुभएको छ प्रधानमन्त्री। एउटा पार्टीको अध्यक्षलाई बोलाएर तिमि पार्टीको अध्यक्ष बन भनिरहनुभएको छ,’ यो धारा ७६ (२)को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः अर्को कुनै विकल्पमा नगई यसले विश्वासको मत प्राप्त गर्छ। संविधानको धारा ७६ (३)को सबैभन्दा ठूलो पार्टीको दलको नेताले प्रधानमन्त्रीको नियुक्ति पाउँछ।’

कांग्रेसका नेताहरु अबको ५ वर्ष विरोध र सरकार ढाल्ने खेलमा लाग्ने ओलीले बताए।

‘अहिले विश्वासको मत नपाउनेबित्तिकै यहाँ विश्वासको मत नपाउनेबित्तिकै उहाँ असफल हुने हो, त्यो पाउँछ,’ ओलीले भने, ‘उहाँहरुश्रको धन्दा अबको ५ वर्ष यो सरकारको विरोध र ढाल्न पाए हुने भनेर बस्नुहुन्छ। २३ सिट हुँदा पनि विभिन्न व्यक्तिहरुका प्रयास र गल्ती मिसिएर कांग्रेसले सरकारको नेतृत्व लिएको थियो। उसले अहिले फेरि यो ढाल्न पायो भने फेरि पनि सरकारको नेतृत्व पाउँछ। विश्वासको मत पाएन भने ५ तिर जान्छ। ४ मा विश्वासको मत लिन खोज्दा पनि पाएन भने संविधानको धारा ७६ (५) मा जान्छ। त्यतिको राजनीति गरिरहेका नेताहरुले त्यो नबुझेको छैन।’

ओलीले सांसदहरुलाई यस्ता कुराहरुमा नअल्झिन समेत आग्रह गरेका छन्। ‘हामी यस्तो कुरामा अल्झिने कुरा छैन। देशमा अहिले बनाएको सरकार सफल र प्रभावकारी बनाउनपर्छ।’ ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad