राजनीति


बाजुरामा निधन भएका सञ्जिव र चेतनको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने

बाजुरामा निधन भएका सञ्जिव र चेतनको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने

फाइल।


नेपालखबर
पुस २२, २०७९ शुक्रबार १२:३८, काठमाडौँ

सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन्।

साथै, कम्बोडीयाको आगलागीमा परी निधन भएका नीराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय पनि भएको पौडेलले बताए।

‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका
सञ्जीव ऐरी र चेतन ऐडीका परीवारलाई आर्थीक सहायता उपलब्ध गराउने निर्णय, कम्बोडीयामा निधन भएका नीराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय र अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ।’ उनले भने।

सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .