राजनीति


माओवादीमै फर्किए स्वतन्त्र प्रदेश सांसद दिपेन्द्र पुन मगर

माओवादीमै फर्किए स्वतन्त्र प्रदेश सांसद दिपेन्द्र पुन मगर

नेपालखबर
पुस २०, २०७९ बुधबार १२:२७, काठमाडौँ

रोल्पा क्षेत्र नम्बर १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुन मगर नेकपा  माओवादी केन्द्रमा फर्किएका छन्। 

गत मंसिर ४ गते सम्पन्न निर्वाचनका क्रममा रोल्पा १ (ख) बाट तत्कालीन सत्ता गठबन्धनबाट उठेका नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा विजयी उनी बुधबार माओवादीमै फर्किएका हु्न। 

उनले माओवादी पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिँदै प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदबारी दिएका थिए।

उनले पार्टी छोडेकोमा आत्मआलोचना गर्दै फेरि माओवादी केन्द्रमा काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्। 

माओवादी केन्द्रका उपमहासचिव एमव् रोल्पाट प्रतिनिधिसभाका सांसद वर्षमान पुनसँग प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी प्रचण्डबाट खादा लगाए। अब फेरि पार्टीमा सक्रिय हुने वचन उनले दिएका छन्। 

'पार्टीको पोलिट्ब्युरो सदस्य र रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनेकोमा पार्टीले पनि सबै जिम्मेवारीबाट निष्कासन गरेकोले म पुनः पार्टीमा फर्केर पार्टीको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .