ad ad

राजनीति


राहदानी र परिचयपत्र वितरण सहज बनाउन गृहको पहल सुरु

राहदानी र परिचयपत्र वितरण सहज बनाउन गृहको पहल सुरु

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस १६, २०७९ शनिबार १५:३, काठमाडौँ

सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ। 

सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। 

उनका अनुसार सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ। टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने प्रवक्ता पोखरेलको भनाइ छ।

गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएका थिए। 

विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ, तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातीको १२ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .