ad ad

राजनीति


यो कार्यकालमा भाषणभन्दा बढी काम गरेर जनताको सेवा गर्छु : प्रधानमन्त्री

यो कार्यकालमा भाषणभन्दा बढी काम गरेर जनताको सेवा गर्छु : प्रधानमन्त्री

तस्बिर : सूर्य किरण/प्रधानमन्त्रीकाे सचिवालय।


नेपालखबर
पुस १६, २०७९ शनिबार १५:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रधानमन्त्रीको यो कार्यकालमा भाषणभन्दा बढी काम गर्ने सोच रहेको बताएका छन्। 

चितवनको नारायणी नमुना विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘ यो कार्यकाल म भाषण कम, काम धेरै जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतीक्षा गरेको छु,’ प्रचण्डले सम्बोधनको क्रममा भने।

कुनैपनि राष्ट्र वा समाजको सभ्यता र संस्कृतिको आधारशिला भनेको शिक्षा नै भएको अथ्र्याउँदै उनले विकासलाई दिगोरुपमा अघि बढाउन लागि पर्ने बताए। 

‘हामी एउटा विशिष्ट परिस्थितिबाट अघि बढ्दैछौं। यो पटक मैले देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाली जनताको आवश्यक्तालाई सम्बोधन गर्दै जाने प्रतिवद्धता लिएको छु,’ प्रचण्डले भने, ‘मैले बाँकी जीवन यसैका लागि समर्पित गर्ने भनेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .