ad ad

राजनीति


एकीकृत समाजवादीका प्रवक्ता भन्छन्– माधव नेपाललाई राष्ट्रपतिको अफर आएको छैन

एकीकृत समाजवादीका प्रवक्ता भन्छन्– माधव नेपाललाई राष्ट्रपतिको अफर आएको छैन

नेपालखबर
पुस १६, २०७९ शनिबार १४:४३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको बताएका छन्। राष्ट्रपतिमा प्रस्ताव गरेर एमालेसँग एकता हुन लागेको हल्ला निराधार रहेको पनि उनले बताए। 

‘पार्टी अध्यक्षसँग कुनै यस्तो प्रस्ताव आएको छैन्। औपचारिक वा अनौपचारिक रुपमा कुनै प्रस्ताव आएको छैन,’ उनले भने। 

साथै, पार्टी एकता वा विलय हुनेगरी कुनै रुचि आफ्नो पार्टीले नराखेको उनले बताए। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै खतिवडाले सो कुरा बताएका हुन्। क्पार्टी विलय वा एकीकरण गर्नेगरी हामीले कुनै काम गरेका छैनौं। त्यसमा हाम्रो रुचि पनि छैन,’ उनले भने, ‘हामी वाम एकता गर्दै एजेण्डाहरुमा अघि बढ्ने रुचि छ। यो अथवा त्यो पार्टीसँग एकता हुँदैछ भन्ने हल्ला निराधार हो।’

पार्टी बैठकमा सरकारमा जाने वा नजाने विषयमा पनि छलफल भएको उनले बताए। ‘सरकारमा जाने विषयमा चर्चा भएको छ। आ–आफ्नो ढंगले सरकार गठन गर्दा कसरी गठबन्धन तोडियो र अब बन्ने सरकारमा आफ्नो धारणा के हुने भन्ने विषयमा पनि छलफल भएको थियो,’ उनले भने, ‘पोलिटब्यूरोसम्ममा पुगेर यसबारे निर्णय हुन्छ।’

बैठकमा महासचिव डा. बेदुराम भुसालले संगठनलाई अघि बढाउने खेल्नपर्ने भूमिकाको बारेमा चर्चा गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .