ad ad

समाज


कम्बोडियामा ज्यान गुमाउनेहरुको शव ल्याउन सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन

कम्बोडियामा ज्यान गुमाउनेहरुको शव ल्याउन सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल।


नेपालखबर
पुस १६, २०७९ शनिबार १४:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको क्यासिनोमा भीषण आगलागीमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन्।

आगलागीमा झापा बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डेसहित १९ जनाको निधनप्रति प्रधानमन्त्री ‘प्रचण्ड’ले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

मुख्यसचिवलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

बिहीबार राति भएको आगलागीमा नेपाली युवक पाण्डेको पनि ज्यान गएको थियो। उनले परिवारसँग गरेको भिडिओ कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .