ad ad

राजनीति


एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने, विश्वासको मत दिने

एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने, विश्वासको मत दिने

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०७९ बुधबार १६:४४, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दे विश्वासको मत दिने भएको छ।

देशभरका नेतारूलाई बुधबार जुममार्फत् सम्बोधन गरेपछि  अध्यक्ष माधवकुमार नेपालले त्यो निर्णय गर्ने तयारी गरेका हुन्।

एक नेताका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिनेबारे पार्टी बैठकमा निर्णय गर्ने तयारी छ।

‘सम्भवतः अहिलेको बैठकले प्रचण्डजीको नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णय हुन्छ होला,’ ती नेताले नेपालखबरसँग भने।

आइतबार (१० पुस) मा १६९ सांसदको समर्थन लिएर प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सोमबार शपथ लिएका थिए। 

उनलाई पहिलो चरणमा एकीकृत समाजवादीले समर्थन गरेको थिएन।

नेपाली कांग्रेससहितको गठबन्धन छोडेर प्रधानमन्त्री हुन एमालेसँग मिलेको भन्दै असन्तुष्ट बनेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई बुधबार प्रधानमन्त्री प्रचण्डले भेटेर विश्वस्त पारेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .