ad ad

मधेस


उपेन्द्र यादवको उपस्थितिमा जसपाको समीक्षा बैठक सुरु

भोली मधेश संसदीय दलको नेता चयन गरिने
उपेन्द्र यादवको उपस्थितिमा जसपाको समीक्षा बैठक सुरु

नेपालखबर
पुस १३, २०७९ बुधबार १६:४४, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) को चुनावी समीक्षा बैठक जनकपुरधाममा सुरु भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टीको चुनावी समीक्षा बैठक सुरु भएको हो। 

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेसँग तालमेल गरेर चुनाव लडेको जसपाले विभिन्न स्थानमा पराजय भोग्नु परेको थियो।

हालै सम्पन्न निर्वाचनबाट पार्टी खुम्चिएको, भावी रणनीति लगायतको विषयमा केन्द्रित भएर समीक्षा बैठक शुरु भएको जसपाका एक नेताले बताए।

दुई दिनसम्म चल्ने बैठकको दोस्रो दिन भोलि जसपाको मधेश प्रदेशको संसदीय दलको नेता समेत चयन गर्ने योजना रहेको तीन नेताले बताए। 

बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष यादवसँगै मधेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, कृषिमन्त्री विजय यादव, योगेन्द्र राय यादव, जितेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .