राजनीति


कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी

कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी

संसदीय दलको नेतामा निर्वाचित भएपछि बानियाँसँगै लामा (दायाँ)


नेपालखबर
पुस १३, २०७९ बुधबार १६:१६, काठमाडौँ

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन्। 

उनी प्रतिष्पर्धी ईन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा विजयी भएका हुन्। 

प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेका अनुसार लामाले २१ र बानियाँले १६ मत ल्याएका छन्।

संसदीय दलको नेतामा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय सदस्य लामा तथा बागमती प्रदेश सभापति बानियाँ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

बानियाँको प्रस्तावकमा सांसद प्रभात तामाङ तथा समर्थकमा छिरिङ दोर्जे लामा रहेका थिए भने लामाका प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका थिए।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम सञ्चालन गरेको थियो।

मुखमै आइसकेको मुख्यमन्त्रीको गास खोसिँदा अब कांग्रेस प्रतिपक्षमा बस्न बाध्य देखिन्छ। जो संसदीय दलको नेता उही प्रदेशको मुख्यमन्त्री हुने मान्यताका कारण एकै गुटका नेताहरुबीचमा पनि निर्वाचन गर्ने सहमती भएको थियो।

बागमती प्रदेश सभामा कांग्रेसले ३७ सिट जितेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad