राजनीति


मुख्यमन्त्रीमा ओली-प्रचण्ड सहमति, एमाले ४, माओवादी २

मुख्यमन्त्रीमा ओली-प्रचण्ड सहमति, एमाले ४, माओवादी २

खुमलटारमा ओली र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस १३, २०७९ बुधबार १६:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री बाँडफाँटमा सहमति जुटाएका छन्।

स्रोतका अनुसार सातवटा प्रदेशको मुख्यमन्त्रीमा ४–२–१ का आधारमा भागवण्डा मिलाइएको छ। बुधबार प्रधानमन्त्रीलाई भेट्न खुमलटार पुगेका ओलीसँगको छलफलमा त्यो सहमति भएको हो।

एमालेको मुख्य सहयोगमा प्रचण्ड नेतृत्वको सरकार बनाएकोले उसले प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने छ।

माओवादी केन्द्रले बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनेछ।

यसैगरी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) र सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशमा आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने समझदारी भएको छ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सबै प्रदेशका मन्त्रीहरुका विषयमा पनि मोटामोटी सहमति भएको छ। तर, मन्त्री चयनबारे दलका शीर्ष नेताहरुको बैठक बसेर टुंगो लगाउने स्रोतले जनायो।

एमाले अध्यक्ष केपी ओली ४ पुस २०७७ पछि पहिलोपटक प्रचण्ड निवास खुमलटार पुगेका थिए। त्यहीअुनसार सहमति भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad