प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सम्बन्ध थप सुदृढ गर्न चाहेको बताएका छन्।
प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा ट्वीटमार्फत् बधाई दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटमै धन्यवाद फर्काउँदै प्रचण्डले त्यस्तो बताएका हुन्।
‘न्यानो सन्देशका लागि मोदीजीलाई धन्यवाद। नेपाल र भारतबीच निकट सांस्कृतिक सम्बन्ध र स्वाभाविक समभाव राख्ने मुलुक हुन्। द्विपक्षीय मित्रता अझ सुदृढ गर्न तपाईँसँग मिलेर काम गर्न प्रतिक्षरत छु’ उनले मोदीलाई मेन्सन गर्दै लेखेका छन्।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफलाई पनि शुभकामनाका लागि धन्यवाद दिएका छन्।
सेहबाजलाई ट्वीटमा मेन्सन गर्दै प्रचण्डले नेपाल र पाकिस्तानबीच सौहाद्रपूर्ण सम्बन्ध रहेको बताएका छन्।
‘हाम्रो मित्रता अझ सुदृढ गर्न मिलेर काम गर्न प्रतिक्षरत छु’ उनले लेखेका छन्।
Shares

प्रतिक्रिया