राजनीति


प्रधानमन्त्री प्रचण्डले शपथ खाँदा दौरा–सुरुवाल लगाएकामा चौतर्फी प्रशंसा

प्रधानमन्त्री प्रचण्डले शपथ खाँदा दौरा–सुरुवाल लगाएकामा चौतर्फी प्रशंसा

नेपालखबर
पुस ११, २०७९ सोमबार १९:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदको शपथ खाँदा दौरा–सुरुवाल लगाएकामा चौतर्फी प्रशंसा भएको छ। 

सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा आइतबार प्रधानमन्त्री निर्वाचित प्रचण्डले आज पद तथा गोपनीयताको शपथ खाएका हुन्। 

राप्रपा नेपालका अध्यक्ष कमल थापा, संविधानविद् भीमार्जुन आचार्य, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी लगायतले सामाजिक सञ्जालमा दौरा–सरुवाल लगाएका प्रचण्डको तस्बिर सेयर गर्दै प्रशंसा गरेका हुन्। 

राप्रपा नेपालका अध्यक्ष थापाले लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डले  शपथ ग्रहण समारोहमा दौरा–सुरुवाल लगाउनु भएकोमा उच्च प्रशंसा गर्दछु। हामीले सबै नेपाली जातीय भेषभूषाको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नुपर्छ।तर, राजकीय समारोहमा राष्ट्रिय पोसाकको प्रयोगले मर्यादा र गरिमा कायम गर्दछ। दौरा–सुरुवाल लगाउँदा हीनताबोध गर्नु जरुरी छैन।’ 

यस्तै संविधानविद् आचार्यले लेखेका छन्, ‘मलाईचाहिँ मन पर्‍यो। हार्दिक बधाई प्रमज्यू।’

मोहना अन्सारीले अंग्रेजीमा लेखेकी छन्, ‘फोटो अफ द इयर २०२२।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले लेखेका छन्, ‘यति राम्रो सुहाउने नेपाली पोसाक दौरा–सुरुवाल लगाउँदा हीनताबोध गर्नुपर्ने कुनै कारण थिएन। जे भो राम्रै भो!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad