राजनीति


रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रालय मागे

रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रालय मागे

नेपालखबर
पुस ११, २०७९ सोमबार १४:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सभापति रवि लामिछानेले आफ्नो दाबी उपप्रधान र गृहमन्त्रालयमा रहेको बताएका छन्।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा लामिछानेले आफूले गृहमा दाबी गरेको बताएका हुन्।

उनले सञ्चारकर्मीसँग भने, ‘मेरो दाबी उपप्रधानसहित गृहमा हो, यसबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएका छौँ।’

उनका अनुसार आज सानो आकारको मन्त्रिमण्डलमात्र बन्ने र मन्त्रालयको भागवण्डा पछि टुङ्गिनेछ।

‘मन्त्रालयका विषयमा पछि छलफल गर्छौं,’ लामिछानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .