मधेस


मधेश प्रदेश : नवनिर्वाचित सदस्यहरूको शपथ पुस १५ गते

मधेश प्रदेश : नवनिर्वाचित सदस्यहरूको शपथ पुस १५ गते

नेपालखबर
पुस ११, २०७९ सोमबार १४:४९, जनकपुरधाम

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण पुस १५ गते हुने भएको छ।

प्रदेशसभामा सोमबार बसेको सर्वदलीय बैठकबाट पुस १५ गते शपथ ग्रहण कार्यक्रम राख्ने निर्णय गरिएको छ।

पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ लिने समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए। 

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले गर्नेछन्।

उनले नै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ। 

शपथ ग्रहणका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले आग्रह गरेको छ।

मातृभाषामा शपथ लिन चाहने प्रदेशसभा सदस्यहरुलाई तीन दिन अगाडि नै प्रदेशसभा सचिवालयमा जानकारी गराउन भनिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .