राजनीति


दाहाल नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

दाहाल नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

नेपालखबर
पुस १०, २०७९ आइतबार २१:४४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुने भएको छ।

सो पार्टीको काठमाडौंमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। पार्टी अध्यक्ष सिके राउतले काठमाडौंमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए। 

सरकारमा सहभागी हुने भए पनि कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषय टुङ्गो लागिनसकेको उनले उल्लेख गरे। जनमत पार्टीमा छ सांसद छन्।

छ दलीय गठबन्धनको नेतृत्व गर्दै माओवादी अध्यक्ष दाहाल आजै प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सपथ भोलि हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad