राजनीति


प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको बधाई

प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको बधाई

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार २३:७, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।

मोदीले आइतबार साँझ ट्विट गर्दै प्रचण्डलाई शुभकामना दिएका हुन्।

‘नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा न्यानो बधाई छ। भारत र नेपालबीचको मौलिक सम्बन्ध सघन सांस्कृतिक सम्पर्क र जनस्तरको न्यानो सम्बन्धमा आधारित छ। यो सम्बन्धलाई अझ सुदृढ गर्न तपाईँसँग मिलेर काम गर्न आतुर छु,’ मोदीले भनेका छन्।

यसअघि उत्तरी छिमेकी चीनले प्रचण्डलाई नेपालको ४४ औँ प्रधानमन्त्री बनेकोमा बधाई दिएको थियो।

प्रचण्ड सात दलको समर्थनसहित आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad