ad ad

राजनीति


राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने

राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने

नेपालखबर
पुस १०, २०७९ आइतबार १७:५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थिरताका लागि सरकार निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार सरकारमा जाने/नजाने विषयबारे भने पछि निर्णय गर्ने पनि निर्णय भएको छ। 

‘सरकार निर्माणमा सहयोग गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सरकारमा जानेबारे निर्णय गर्न बाँकी छ।’

आजै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको बैठकले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .