राजनीति


शंकर पोखरेल भन्छन् : प्रधानमन्त्रीबाहेक अरु पदको बाँडफाँट भइसकेको छैन

शंकर पोखरेल भन्छन् : प्रधानमन्त्रीबाहेक अरु पदको बाँडफाँट भइसकेको छैन

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १६:५२, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबाहेक अन्य पदको बाँडफाँट भइनसकेको बताएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतवार भएको सहमतिपछि उनले सरकार गठनका लागि दिएको समय समाप्त हुने दिन नै बहुमतसहित राष्ट्रपतिकहाँ दाबी गर्ने उनले बताए। 

'निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाए पनि उसले संविधानको धारा ७६ (२) अनुसारको सरकारका लगिा अग्रसरता लिन सकेन', उनले भने, 'त्यहीकारण दोस्रो ठूलो पार्टीका रुपमा नेकपा एमालेले पहलकदमी लिनुपर्ने नैतिक बाध्यता आइलाग्यो। राष्ट्रपतिले भनेको समयमा उपाधारा २ अन्तर्गतको सरकार नहुँदा ३ अन्तर्गत एउटा दल विशेषको सरकार रहने जुन कुरा निर्वाचनको जनादेशविपरीत हुने थियो।'

उनले प्रचण्डको नेतृत्वमा उपाधरा अन्तर्गत २ भन्दा धेरै दलको समर्थनको सरका बनाउन दाबी प्रस्तुत गर्ने सहमति
भएको बताए। 

तर अन्य पदबारे अहिले केही टुंगो भइनसकेको उनले बताएका छन्। 'एमाले, माओवादी, रास्वपा, राप्रपा, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको कुल संख्या १६६ पुगेको छ', उनले भने, 'ती दलहरुको सहमतिमा अहिले प्रचण्ड प्रधानमन्त्री हुने हो। एजेन्डामा आधारित सहमति हुन्छ। राष्ट्रपतिसहित अन्य पदमा दलहरुबीचमा समग्र विषयमा छलफल गर्छौँ। सरकार गठनपछि हामी छलफल गर्छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad