राजनीति


प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास पुगे प्रचण्ड

प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास पुगे प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १६:५९, काठमाडौँ

दुईभन्दा बढी दलका सांसदहरुको बहुमतसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको दाबी गर्न शीतल निवास पुगेका छन्। 

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको साथ लिएर प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका हुन्। 

प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ जन सांसदको समर्थन मिलेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिअनुसार उनी अब कम्तिमा अढाई वर्ष प्रधानमन्त्री पदमा रहनेछन्। 

त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। यी दलहरुले राष्ट्रपति र सभामुखसहितका पदहरुको भागवण्डा मिलाइसकेका छैनन्। 

दाहाल संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन्। 

मंसिर ४ को निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आह्वान गरेकी थिइन्।

उनले दिएको समय अहिले साँझ ५ बजे सकिएको छ। समय सकिनुअघि नै प्रचण्ड शीतल निवास छिरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad