नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले इतिहासको फेरि दुःखान्त पुनरावृत्ति अगाडि रहेको टिप्पणी गरेको छ। सत्ता गठबन्धनमा नयाँ सरकार गठनकको विषय पेचिलो बन्दै जाँदा प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राजनीतिमा खराब चित्र हाबी हुँदै गएको बताए।
‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो,’ मल्ले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफू तल पर्दा एउटा सहमती गर्ने तर आफू माथी पुगे भन्ने भान पर्न थाल्दा सहमती तोडिहाल्ने।’
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गरेपछि माओवादी केन्द्र असन्तुष्ट भएको छ। यसअघि गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्न कांग्रेसले बेवास्ता गरेको माओवादीको भनाई छ।
‘पछिल्लो घटनाक्रमले के देखाउछ कि इतिहासको फेरि दुःखान्त पुनरावृती हाम्रा सामु छ,’ मल्लले भनेका छन्।
Shares
प्रतिक्रिया