ad ad

कर्णाली


कर्णालीका नवनिर्वाचित सांसदहरूलाई विनोद शाहले सोमबार शपथ खुवाउने

कर्णालीका नवनिर्वाचित सांसदहरूलाई विनोद शाहले सोमबार शपथ खुवाउने

नेपालखबर
पुस १०, २०७९ आइतबार १२:२३, सुर्खेत

कर्णालीका नवनिर्वाचित सांसदहरुलाई सोमबार प्रदेश सभा सदस्य विनोदकुमार शाहले शपथ खुवाउने भएका छन्। 

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ खुवाउने प्रदेश सभा सचिवालयले जनाएको छ। 

शाहलाई भने शपथ सोमबार बिहान साढे ११ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट हुने भएको छ।

त्यसपछि शाहलाई प्रदेश प्रमुखको कार्यालयबाट गाडीमा चढाएर प्रदेश सभा सचिवालयको कार्यालयमा कार्यपक्ष प्रदान गरिनेछ। त्यसपछि शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवहाक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहरण गर्नेछन्।

दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२)बाट निर्वाचित एमालेका शाह ६६ बर्षका भए।

प्रदेश सभा सचिवालयका अनुसार सांसदहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ।

यस्तै, शपथका लागि सांसदहरुले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण–पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजेनै प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले बताए।

साथै शपथ ग्रहण कार्यक्रमका लागि सांसदहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन् प्रदेश सभा सचिवालयले यसअघि नै अनुरोध गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .