राजनीति


संसदमा राप्रपा-रास्वपा र लोसपा-एकीकृत समाजवादी एकै ठाउँ

संसदमा राप्रपा-रास्वपा र लोसपा-एकीकृत समाजवादी एकै ठाउँ

शपथ ग्रहणका क्रममा सांसदहरु। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १४:१८, काठमाडौँ

नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरुले पद तथा गोपनीयताको सपथ खाएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार उनीहरुले पद तथा गोपनीयताको शपथ खाएका हुन्। 

नवनिर्वाचित सदस्यहरुलाई ज्येष्ठ सदस्य ७१ वर्षीय सांसद पशुपति शमेशर जबराले पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथका क्रममा उनीहरुले नेपाली, संस्कृत, मैथिलीसहित विभिन्न १४ मातृभाषामा शपथ लिएका छन्।

सपथ ग्रहणका क्रममा संसद सचिवालयले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एक ठाउँमा राखेको थियो। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई छुट्टाछुट्टै बसाइएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक ठाउँमा राखेको संसद सचिवालयले जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई एउटै स्थानमा राखेको थियो। 
 

संघीय सांसदमा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ३ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसद छन्। 

यस्तै राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १–१ र स्वतन्त्र ५ जनाको पनि संघीय संसदमा प्रतिनिधित्व छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad