नेकपा एमालेका सांसद सूर्य थापाले सरकार बनाउन एमाले अन्य दलको पछाडि नलाग्ने भन्दै अन्य दलहरुलाई मिल्न आउन आग्रह गरेका छन्।
संघीय संसद् भवनमा शपथ ग्रहणपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै नेता थापाले सो कुरा बताएका हुन्। ‘कांग्रेस र माओवादीसँग हामी नजिक होइन, हामी को नजिक आउनुहुन्छ भनेर भन्छौं,’ उनले भने, ‘एजेण्डा बोकेर अगाडि आउनुस् भन्ने हाम्रो जोड छ।’
साथै, उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा हितकर हुने पनि बताए। ‘हामी अरुका पछि लाग्ने शक्ति होइनौं। यो सबैको नोटिसका लागि भन्न चाहन्छु,’ उनले भने, ‘हाम्रो नेतृत्वमा अगाडि आउने शक्तिहरुलाई आह्वान गर्छौं। नेपाली कांग्रेस र एमाले मिलेर अघि जाँदा हितकर हुन्छ भन्ने मेरो अडान छ।’
321
Shares

प्रतिक्रिया