राजनीति


देउवालाई केन्द्रीय सदस्य आचार्यको आग्रह : गिरिजाबाबु र किसुनजीले जस्तै त्याग गर्नुस्

देउवालाई केन्द्रीय सदस्य आचार्यको आग्रह : गिरिजाबाबु र किसुनजीले जस्तै त्याग गर्नुस्

नेपालखबर
पुस ४, २०७९ सोमबार १९:३३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैटौँ पटक संसदीय दलको नेता बन्ने तयारीमा छन्। 

मंसिर ४ को निर्वाचनमा प्रत्यक्षबाट ५७ सिट जित्दै पहिलो बनेको कांग्रेस अहिले सरकार निर्माण तयारी छ।

यस्तोमा बुधबार संसदीय दलको निर्वाचन हुँदैछ। निर्वाचनअघि कांग्रेसकै नेताहरुले देउवालाई त्याग गर्न आग्रह गरिरहेका छन्। 

कांग्रेसमा इतर समूहका एकजना नेता एवम् केन्द्रीय सदस्य मधु आचार्यले समय छँदै त्याग गरेर देखाउन सामाजिक सञ्जालबाट देउवालाई आग्रह गरेका छन्। 

'शेरबहादुर दाइले सदा स्वर्गीय नेता किसुनजी (कृष्णप्रसाद भट्टराई) तथा गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) को सच्चा अनुयायी भएको दावा गर्नुभयो', उनले भनेका छन्, 'सच्चा परिक्षणको बेला आएछ।'

उनले आफ्नो सक्रिय जीवनमै नेतृत्व हस्तान्तरणको प्रस्ताव  अघि सारेको र गिरिजाबाबुले संसदीय दलमा बहुमत हुँदै नेतृत्व हस्तान्तरण गरेको विगत पनि आचार्यले देउवालाई सम्झाएका छन्। 

'किसुनजीले आफ्नो सक्रिय जीवनमै अघि सारेको र गिरिजा बाबुले संसदीय दलमा बहुमत रहँदै पनि नेतृत्व हस्तान्तरण गरेको आफ्नै बिगत सम्झनोस्', आचार्यले देउवालाई भनेका छन्, 'त्याग गर्नोस, महान बन्नोस।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad