राजनीति


देउवासमक्ष प्रचण्डको आग्रह : प्रधानमन्त्रीमा सघाउनुस्

देउवासमक्ष प्रचण्डको आग्रह : प्रधानमन्त्रीमा सघाउनुस्

फाइल तस्बिर।


नेपालखबर
पुस २, २०७९ शनिबार १६:९, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन्।

शनिबार बिहान बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष आग्रह गरेका हुन्। 

प्रचण्ड निकट स्रोतका अनुसार उनीहरुबीच शनिबार बिहान बालुवाटारमा केहीबेर भेटवर्ता भएको थियो। सोही भेटमा प्रचण्डले सो प्रस्ताव राखेको स्रोतले नेपालखबरलाई जानकारी दियो। 

नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेलामा देउवा र प्रचण्ड दुवै प्रधानमन्त्रीको तयारीमा रहेका छन्। प्रचण्डको उक्त प्रस्तावमाथि देउवाले छलफल गरेर अघि बढ्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .