ad ad

राजनीति


राज्यले गल्ती स्वीकार्यो, रेशमसहितका बन्दी छोडेपछि सरकारमा जान्छौँ : रञ्जिता (भिडिओसहित)

राज्यले गल्ती स्वीकार्यो, रेशमसहितका बन्दी छोडेपछि सरकारमा जान्छौँ : रञ्जिता (भिडिओसहित)

नगारिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १६:२६, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठले रेशम चौधरीलगायतका राजबन्दी छोडेपछि आफूहरु सरकारमा जाने बताएकी छन्। 

डिल्ली बजार कारागार परिसरमा नेपालखबरसँग कुरा गर्दै उनले पार्टीका संरक्षक चौधरीलगायतका राजबन्दीहरुलाई रिहा गरे आफूहरु सरकारमा जान तयार रहेको बताएकी हुन्। 

उनले आफूहरु सहभागी हुने सरकारको नेतृत्व भने खुलाइनन्। अध्यक्ष श्रेष्ठले चौधरीलगायतका राजबन्दीलाई सरकारले रिहा नगरे अर्को कदम चालिने पनि बताइन्।  

‘सरकारमा लैजान बार्गेनिङ गर्‍यो भन्ने छ। सरकारमा जाने–नजाने कुरा आइरहेको छ। यो माग सरकारबाट पूरा हुँदैछ। रेशम चौधरीलगायतका राजबन्दी छुटेपछि सरकारमा जान्छौं। तर, हामी कुन सरकारमा जाने दोस्रो कुरा हो,’ उनले नेपालखबरसँग भनिन्, ‘नछुटेमा हामी दोस्रो कदम चाल्छौं। विद्रोहको रुपमा अघि बढ्ने भन्दा। राजबन्दीहरु छुटेपछि हामी सरकारमा जान्छौं।’

अध्यक्ष चौधरीले सरकारले ल्याउन लागेको अध्यादेश सकारात्मक भएको जिकिर गर्दै अध्यादेशको विरोध गरिरहेकाहरुलाई पनि यसबारे बुझ्न आग्रह गरिन्। 

‘सरकारले ल्याउने अध्यादेश हो यो, हाम्रो कुरा सकारात्मक छ। विरोध गर्नेहरुले पनि बुझ्नुपर्छ,’ उनले भनिन्, ‘विभिन्न पार्टीका नेताहरुले विरोध गरेको भए त यो राष्ट्रपतिकहाँ पुग्ने नै थिएन होला नि।’

श्रेष्ठ सरकारबाट न्याय मिल्नेमा पनि आशावादी देखिइन्। ‘पक्कै पनि हामीलाई न्याय मिल्छ,’ उनले भनिन्, ‘राजबन्दी बनाएर राखेकालाई अहिले आएर सम्बोधन गर्न खोजेको छ। कारागारमा भएकाहरुलाई सरकारले न्याय दिलाउँछ।’

रेशमसहितका राजबन्दी छाड्नेबारे सरकारले मुलुकी फौजदारी संहिता कार्यविधि संशोधनका लागि अध्यादेश ल्याउन लागेको बताउँदै उनले त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पारित गरिदिने आशा व्यक्त गरिन्। 

'रेशमजीसहितका राजबन्दी छुट्दै हुनुहुन्छ भन्दा पनि खुसी भएका छन् जनता। स्वागतका लागि सडकमा निस्किएका छन्। राज्यले अहिले रियलाइज गरेर छोड्ने पक्रिया अघि बढाउँदैछ। यो राजनीतिक मुद्दा हो', उनले भनिन्, 'जनताले न्याय गरेका छन्। अब राज्यले पनि दिन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .