नेपालमा टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन केयर क्याम्पको आयोजना गरेको छ।
टाटा मोटर्सको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेकजाँच, मर्मत तथा सम्भार गरी गाडीको कार्यक्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उद्देश्यले क्याम्प आयोजना गरिएको हो।
यही मंसिर २६ गते टाटा मोटर्स कस्टुमर केयर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोहबीच उक्त क्याम्पको शुभारम्भ गरेका थिए।
यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टसमा १५ प्रतिशतदेखि कम्पनीले तोकिएका पार्टसमा ५० प्रतिशतसम्मको छुट, ल्युब्रिकेन्टमा २० प्रतिशत छुट, लेबर चार्जमा २५ प्रतिशत छुट तथा चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नुपर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिमको सुविधा प्रदान गरेको छ।
सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुमा पुस १५ गतेसम्म उक्त क्याम्प सञ्चालनमा रहनेछ।
Shares
प्रतिक्रिया