नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा फेरि झापा पुगेका छन्। झापा क्षेत्र नम्बर १ बाट निर्वाचित शर्मा ‘मतदाता सम्मान अभियान’का लागि आजै बिहान त्यहाँ पुगेका हुन्।
यसअघि पनि उनी झापामै थिए। सहकर्मी गगन थापा (कांग्रेस महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य) लाई भेट्न शर्मा झापाबाट हवाई यात्रामार्फत मंगलबार अपराह्न काठमाडौं आएका थिए।
‘केवल एक साँझ काठमाडौँ बसेर बिहानै झापा पुगेको छु’, कांग्रेस महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘झापा १ मा ‘मतदाता सम्मान अभियान’ केही बाँकी वडामा केही दिन केन्द्रित रहेर, काठमाडौँ पुग्नेछु।’
संघीय सांसद शर्माले ‘परिवर्तनको अभियान प्रारम्भ भइसकेको’ उल्लेख गर्दै यसलाई निर्णायक बनाउन सबैको सहयोग पाउने अपेक्षा गरेका छन्।
केवल एक साँझ काठमाडौ बसेर बिहानै झापा पुगेको छु l झापा १ मा `मतदाता सम्मान अभियान´ केही बाँकी वडामा केहिदिन केन्द्रित रहेर, काठमाडौ पुग्नेछु l
परिवर्तनको अभियान प्रारम्भ भइसकेको छ l यसलाई निर्णायक बनाउन सबैको #सालिन_सक्रियता, #परिपक्व_संवाद र #विवेकपुर्ण_भुमिका अपेक्षित छ l pic.twitter.com/iVNgwyGlD9— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 30, 2022
Shares

प्रतिक्रिया