ad ad

राजनीति


भारतमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, ८ वर्षीय बालक पनि मारिए

भारतमा ज्यान गुमाउनेको  संख्या २० पुग्यो, ८ वर्षीय बालक पनि मारिए

नेपालखबर
पुस ५, २०७६ शनिबार ८:४६,

सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ।

शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्।

शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो।

उत्तर प्रदेशमा मात्र ११ जनाको ज्यान गइसकेको छ। जसमध्ये वाराणासीमा ती बालकको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य १० जनाको भने प्रहरीको गोलीबाट मृत्यु भएको हो।

‘शुक्रबार १० जना मारिएका छन्। उनीहरु सबैको गोली लागेर मृत्यु भएको हो,’ उत्तर प्रदेश प्रहरी प्रवक्त शिरिष चन्द्रको भनाइ एएफपीले उधृत गरेको छ।

नोभेम्बर १२ मा भारतले अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका मुस्लिमबाहेक अन्य धर्मावलम्बीलाई नागरिकता दिनेगरी कानुन पारित गरेपछि भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .