ad ad

खेल


रावल र कोजुलाई काठमाडौं म्याराथनको उपाधि

रावल र कोजुलाई काठमाडौं म्याराथनको उपाधि

नेपालखबर
पुस ५, २०७६ शनिबार ८:२३,

काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले हात पारेका छन्।

शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दूरी २ घण्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गरे। कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा पुरा गरे। म्याराथनको उपाधि जितेपछि रावलले आफ्नो पहिलो म्याराथन भएको पहिलो पटक नै उपाधि जित्दा खुसी लागेको बताए। म्याराथन कसरी कुद्ने भन्ने नै थाहा नभएको बताउँदै उनले भने, ‘जुत्ता पनि राम्रो थिएन्। अरुको १३, १४ हजारको जुत्ता हुन्छ मेरो ३ हजारको जुत्ता थियो।’ उहाँले म्याराथनको रुट भने राम्रो नभएको र भोलेन्टियरहरुलाई समेत रुटका विषयमा थाहा नभएको गुनासो गरे।

 एपीएफकी कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक गरेकी छन्। उनले आफ्नो होम ग्राउन्ड भएकाले केही सजिलो भए पनि रुटमा अलमल भएको गुनासो गरिन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा आर्मीकै बेदबहादुर सुनार द्वितीय भएका छन्। उनले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गरे। आर्मीकै ज्ञानप्रसाद भट्टराई २ घण्टा ३४ मिनेट ४५ सेकेन्डको समयसहित तेस्रो भए।

महिलातर्फ आर्मी क्लबकी सरिता बासी दोस्रो भइन्। उनले ३ घण्टा १९ मिनेट ७ सेकेन्डमा पूरा गरे। त्यस्तै निर्जला ताम्राकार ३ घण्टा ४५ मिनेट ४७ सेकेण्डमा दुरु पार गर्दै तेस्रो भए। म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन गेट, चकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो। म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरे।

यसैगरी हाफ म्याराथनतर्फ आर्मीकै राजन रोकाया विजयी भएका छन्। उनले निर्धारित दूरी १ घन्टा १० मिनेट २६ सेकेन्डमा पुरा गरे। यसैगरि आर्मीकै हरिकुमार रिमाल १ घन्टा ११ मिनेट १३ सेकेन्डमा दूरी पुरा गर्दै दोस्रो भए। आर्मीकै रामजी बस्नेतले १ घन्टा ११ मिनेट २१ सेकेन्डसहित तेस्रो भए।

महिलातर्फ आर्मीकै पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा २८ मिनेट ०३ सेकेन्डमा दूरी पार पहिलो भइन्। आर्मीकै सानुमाया कार्कीले १ घन्टा ३० मिनेट ०१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरिन्। नेपाल पुलिसकी रेखा विष्टले १ घन्टा ११ मिनेट ४० सेकेन्डसहित तेस्रो भइन्। हाफ म्याराथनतर्फको दुवै समूहतर्फका विजेताले समान २० हजार, दोस्रो हुनेले १३ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरेका छन्। यसैगरी म्याराथन अन्तरगतको ५ किलोमिटर दौडमा पुरुषतर्फ विभागीय नेपाल एपीएफ क्लबका अजित कुमार यादव र महिलामा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .