धनुषाबाट १५ हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका एक सई अख्तियारको फन्दामा परेका छन्।
१५ हजार रुपैयाँ घुससहित धनुषाको यज्ञभूमि प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक कालीचरण पञ्जियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो।
दुर्घटनाको मुद्दा मिलाइदिने प्रयोजनामा एक स्थानीयसँग घुस लिँदै गर्दा शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका स्थित ढल्केबरचोकबाट सई पंजियारलाई रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ।
पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाइएको जनाएको छ।
प्रतिक्रिया