ad ad

राजनीति


राजनीतिक दलको व्यवहारले विरक्तिएर मतदान कम भयो : पूर्व प्रमुख निर्वाचन आयुक्त

राजनीतिक दलको व्यवहारले विरक्तिएर मतदान कम भयो : पूर्व प्रमुख निर्वाचन आयुक्त

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल। तस्बिर : नेपालखबर।


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ५:०, काठमाडौँ

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरुका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदशसभा निर्वाचन–२०७९ मा मतदान गर्नेहरुमा कमी आएको टिप्पणी गरेका छन्। 

राजनीतिक दलहरुको व्यवहारबाट विरक्तिएका र मतदाताहरुलाई सचेत बनाउन नसकिएका कारण सो निर्वाचनमा मत हाल्नेहरुको संख्यात्मक परिणाम घट्न गएको उनको निष्कर्ष छ। ‘एउटा धेरै मतदाता बाहिर छन्। दोस्रो, खेतीको सिजन छ,’ उनले भने, ‘तेस्रो, हिजो, अस्तीका राजनीतिक दलहरुको कामकाज, व्यवहारले विरक्तिएर जान्न भन्नेहरु पनि भए होलान्। कतिपयलाई गठबन्धन भयो। आफ्नो दलको उम्मेदवार छैनन्। मेरो एउटा चिन्हमा भोट लिईराखेको अर्को चिन्हमा दिन जान्न भन्ने पनि भयो होला।’ 

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले विदेशमा रहेका मतदाताहरुसँग बढन गएको, खेतीको सिजनका कारण पनि निर्वाचनमा कम मत खसेको समेत स्पष्ट पारे।

पोखरेलले पैसा र डिजिटल प्रविधिको व्यवस्थापन गर्नुपर्ने कुरा यो निर्वाचनले मुख्य चुनौतिको रुपमा औंल्याएको पनि बताए। 

निर्वाचनमा परिपक्वता आएपनि पैसा र डिजिटल प्रविधिको दूरपयोग रोक्न भने निर्वाचन पर्यवेक्षकहरुले पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनको भनाई थियो । 

‘हामीहरु डेमोक्रेसीको एउटा मेच्युर फेजको आइपुगेको देखिन्छ। त्यसले गर्दाखेरी हामीले सन्तोष लिनुपर्ने अवस्था पनि छ। सुरक्षा चुनौतिका कुरा, मतदाता शिक्षाका कुराहरुमा कमी छ,’ उनले भने, ‘दुई वटा कुराहरु हाम्रोमा चुनौतिको रुपमा आएको छ। पैसा र डिजिटल प्लेटफर्मको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौति आएको छ। हाम्रो अगाडि निर्वाचनको लागि यही चुनौति छ।’

निर्वाचनमा केही छिटफुट घटना भएपनि मतदान प्रक्रियाको विश्वसनियता र स्वच्छन्दतामा प्रतिकूल असर हुने कुनै पनि गतिविधि नभएको निर्वाचन पर्यवेक्षणमा खटिएका नियोक र जियोकको पनि प्रारम्भिक टिप्पणी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .