ad ad

राजनीति


डोटीबाट प्रेम आले निर्वाचित

डोटीबाट प्रेम आले निर्वाचित

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ५:१७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बिहीबार बिहान सम्पन्न मत परिणामअनुसार उनी नेकपा एमालेकी नेतृ गौरी ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।  

ओलेले एमाले नेतृ ओलीलाई ४ हजार २०६ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। 

डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले २७ हजार २१० मत प्राप्त गरी आले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार निकटतम प्रतिस्पर्धी ओलीले २३ हजार ४ मत प्राप्त गरेको जानकारी दिए। स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .