राजनीति


शंकर पोखरेलसँग मतान्तर फराकिलो बनाउँदै रेखा शर्मा

शंकर पोखरेलसँग मतान्तर फराकिलो बनाउँदै रेखा शर्मा

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १८:१९, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग एमाले महासचिव शंकर पोखरेल फेरि पछि परेका छन्। 

दाङ क्षेत्र नम्बर २ मा ४ हजार ४ सय ९६ मत गणना गरिदा एमाले महासचिव पोखरेल पुनः पछि परेका हुन्। 

तर, सुरुवाती चरणको गणनामाभन्दा पछिल्लो गणनामा शर्माले थप दुई मतको अग्रता कायम गरेकी छन्।  

माओवादी केन्द्रकी शर्माले २ हजार १ सय ५४ मत प्राप्त गर्दा एमाले महासचिव पोखरेललाई  १ हजार ५ सय ४८ मत प्राप्त भएको छ। 

यसअघि शर्मा र पोखरेलबीचको मतान्तर ६ सय ४ रहेकोमा यसपटक ६ सय ६ कायम भएको छ। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ५ सय ८१ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad