ad ad

राजनीति


बाँकेका दुई क्षेत्रमा एमालेको अग्रता, एउटामा राप्रपा अगाडि

बाँकेका दुई क्षेत्रमा एमालेको अग्रता, एउटामा राप्रपा अगाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १८:२३, काठमाडौँ

बाँकेका २ क्षेत्रमा नेकपा एमालेले अग्रता बनाएको छ। अर्को एउटा क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता बनाएको छ। 

निर्वाचन क्षेत्र नम्बर १ र ३ मा एमालेको अग्रता छ भने २ मा राप्रपाका धवलशमशेर जवराले अग्रता लिएका हुन्। 

क्षेत्र नम्बर १ मा एमालेका सूर्यप्रसाद ढकालले ५७३ मत ल्याउँदा सत्तागठबन्धनका महेश्वरजंग गहतराजले ३३० मत पाएका छन्। 

क्षेत्र नम्बर ३ मा किस्मतकुमार कक्षपतिले ३ हजार ९९ मत पाउँदा कांग्रेसका किशोरसिंह राठौरले २ हजार ४२३ मत पाएका छन्। 

क्षेत्र नम्बर २ मा धवलशमशेरमा जबराले २३ सय मत ल्याउँदा मोहम्मद इश्तियाक राईले एक हजार मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .