नवलपुरको एक मतदान केन्द्रमा मतपेटिका जलाइएको छ।
जिल्लाको देवचुली–४ झाक्रेस्थित शान्ति सिर्जना केन्द्रमा मतपेटिकामा आगजनी गरिएको हो।
केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ।
मतपेटिकामा बडिलोसन दलेर खसाएको बयान उनले दिएका छन्। आगजनी गरेपछि भण्डारी भागेका थिए।
उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।
690
Shares
प्रतिक्रिया