ad ad

राजनीति


पुटिनले भनेः ट्रम्पमाथिको महाभियोग प्रयास सिनेटमा असफल हुनेछ

पुटिनले भनेः ट्रम्पमाथिको महाभियोग प्रयास सिनेटमा असफल हुनेछ

नेपालखबर
पुस ३, २०७६ बिहिबार १२:६,

ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ (तल्लो सदन)मा नेपाली समयअनुसार बिहीबार बिहान मतदान भएको हो।

मतदानमा ट्रम्पक विपक्षमा २३० र पक्षमा १९७ मत खसेपछि महाभियोग प्रस्ताव पारित भएको हो। तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार दुरूपयोग गरेको ठहर गरेको छ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकनको बहुमत छ। रिपब्लिकनको ५३ जना सदस्य छन् भने डेमोक्रेटिक पार्टीका ४५ जना मात्र सदस्य छन्। सिनेटमा २ जना स्वतन्त्र सांसद छन्।

त्यसकारण ट्रम्पमाथि महाभियोग लगाएर राष्ट्रपति पदबाट उनलाई हटाउने विपक्षीहरुको प्रयास असफल हुने अनुमान गरिएको छ।

अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्ने बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित भएसँगै रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ट्रम्पको बचाउ गरेका छन्।

पुटिनले ट्रम्पमाथि लगाइएको महाभियोग सुनुयोजित र अविश्वसनीय भएको बताउँदै सिनेटमा महाभियोगको प्रस्ताव असफल हुने बताए।

ट्रम्पलाई पदमुक्त गर्ने प्रयासमा अहिले संसदीय समितिले महाभियोगको विषयमा जाँचबुझ गरिरहेको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .