ad ad

राजनीति


प्रधानसेनापतिको बंगलादेश भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का २१ निर्णय

प्रधानसेनापतिको बंगलादेश भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का २१ निर्णय

नेपालखबर
पुस ३, २०७६ बिहिबार १२:४,

गत मंसिर ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बिहीबार सार्वजनिक गरिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ३० गतेको मन्त्रिपरिषद बैठकले गरेका २१ निर्णय सार्वजनिक गरेका हुन्।

यी हुन् २१ निर्णय
१ चालू आवको बीमा संघ तथा प्रदेशबाट स्थानीय तहमा सशर्त, विशेष र समपूरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने

२ फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय भवन तथा आवासगृह निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको छ। पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरुप उपलब्ध गराउने निर्णय भएको छ।

३ हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दिने

४ रानीजमरा–कुलरीया सिँचाइ आयोजनाको लम्की विस्तार मूल नहरमा परेका ऐलानी जग्गाको पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्ति दिने

५ सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत थप ११४ बीओपी स्थापना गर्ने निर्णय भएको छ।

६ दार्चुला जिल्लाको व्यास गाउँपालिका १, छाङरुङबाट वडा नं. २ दुम्लिङसम्मको घोडेटो बाटो संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरिएको छ।

७ राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस बमोजिम श्यामसुन्दर केसीलगायत ११९ जना व्यक्ति तथा परिवारलाई कुल ५८ लाख ५ हजार ८ सय ९५ रुपैयाँ सहायता वा क्षतिपूर्तिबापत उपलब्ध गराउने

८ फ्रान्स–नेपाल वाणिज्य संघका अध्यक्ष श्याम मोहन श्रेष्ठलाई फ्रान्स सरकारले प्रदान गर्ने नाइट इन द नेशनल अर्डर अफ द लेजियन अफ अनर विभूषण ग्रहण गर्न स्वीकृति दिइएको छ।

९ मित्रराष्ट्र बंगलादेशको औपचारिक भ्रमणमा सहभागी हुन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द थापा नेतृत्वको चार सदस्यीय भ्रमण दललाई स्वीकृति दिइएको छ।

१० काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहणका क्रममा सुरुङमार्ग निर्माणको मार्गाधिकारभित्र परेका प्रेमबहादुर मोक्तानसमेत ७ जना र स्वास्थ्य चौकी भवनको २५ रोपनी २ आना २ पैसा जग्गाको क्षतिपूर्ति प्रदान गर्ने निर्णय भएको छ।

११ माथिल्लो सानिगाढ जलविद्युत् आयोजनाको हेडवर्क, पावरहाउसलगायत संरचना निर्माण गर्न बझाङ जिल्लाको बुङगल नगरपालिका ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको कुल १०५ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिइएको छ।

१२ बागमती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयक तर्जुम ागर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।

१३ राष्ट्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति २०७६ स्वीकृत गरिएको छ।

१४ स्वास्थ्य संस्थामा रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरिएको छ ।

१५ सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ स्वीकृत गरिएको छ।

१६ नेपाल सरकारको निजामती सेवाका राजपत्रांकित विशिक्ष्ट श्रेणीका देहाय अधिकृतलाई देहायबमोजिम सरुवा गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीका प्रमुख सचिव नारायण प्रसाद बिँडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सरुवा गरिएको छ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेलाई सुदूरपश्चिम प्रदेश धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख सचिवमा सरुवा गरिएको छ।

१७ सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको छानबिन समितिको म्याद २०७६ मंसिर २८ देखि २०७६ पुस २८ सम्मका लागि १ महिना थप गरिएको छ।

१८ ढालाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड सडकको हाललाई उपलब्ध हुने चौडाइमा निर्माणकार्य गरी मौजुदा ठेक्काहरु कार्यसम्पन्नताका आधारमा फरफारक गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।

१९ तीन जना उपरथिलाई सरुवा गरिएको छ।

२० नेपाली सेनाका सहाहयक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लब खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी दर्जामा पदोन्नति गरिएको छ।

२१ नेपाली सेनाका महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा स्वीकृत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .