राजनीति


‘मेरो एजेण्डा आर्थिक विकास, ललितपुर ३ लाई नमूना बनाउँछु’

‘मेरो एजेण्डा आर्थिक विकास, ललितपुर ३ लाई नमूना बनाउँछु’

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०७९ बिहिबार १३:५१, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी छन्। 

गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी हुन्। 

बिहीवार ललितपुर क्षेत्र नं. ३ अन्तर्गत हरिसिद्धीमा घरदैलोपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले विगतमा आफूले सुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्न उम्मेदवार बनेको बताइन्। 

उनले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीनवटै तहको सरकार र निजी क्षेत्रसमेतसँग सहकार्य गरेर काम गर्ने बताइन्। 

उनले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्ने विश्वास पनि व्यक्त गरिन्। मन्त्री भुसालले ललितपुर क्षेत्र नं. ३ लाई नमूना क्षेत्रका रुपमा अगाडि बढाउने बताइन्। 

‘धेरै काम मैले आफ्नो कार्यक्षेत्रमा गरेको छु। केही थालेका काम पूरा गर्नुछ। केही नयाँ काम थालनी गर्नुछ। मुख्य गरेर आर्थिक विकास अब मेरो प्रथम एजेण्डा हो। त्यसलै म पाँच वर्ष त्यसमा लाग्दा मैले सक्छु। मलाई असाध्यै विश्वास छ, मैले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्छु', उनले भनिन्, 'तीनै तहको सरकारको सहकार्य र समन्वयबाट। सार्वजनिक, निजी क्षेत्रको समेत सहकार्यबाट हामी एउटा परिणाम निकाल्न सक्ने नमूना क्षेत्रको रुपमा अगाडि बढाउने छौँ।’

उनले ललितपुर क्षेत्र नं. ३ बाट आफूले जित्ने माहोल बनेको बताउनु भयो। आफूले दुई कार्यकाल गरेका कामहरु हेरेर जनताले मतदान गर्ने उनको भनाइ छ। 

मतदाताहरु पनि आफूप्रति सकारात्मक भएको उनले बताइन्। ‘माहोल सकारात्मक छ। यो अन्तिम घरदैलो हो। आज साँझ खोकनामा एउटा सभा गरेर प्रचार कार्यको समापन हुन्छ। २२ वडा जाँदा जनताको सकारात्मक रेस्पोन्स छ। मैले दुई कार्यकाल गरेका काम पनि जनताले हेर्नुभएको छ', उनले भनिन्, 'अहिले मैले केही काम थालेका, केही नयाँ काम सम्पन्न गर्नुपर्ने छ। यो घोषणा मैले जनताको बीचमा राखेको छु। उहाँहरु सकारात्मक हुनुहुन्छ। जित्ने नै माहोल छ। हामी गठबन्धनमा छौँ। हाम्रो गठबन्धनको स्थानीय निर्वाचनको मत मात्रै गणना गर्दापनि हामी धेरै नै सजिलो गरी जित्न सक्छौँ भन्ने कुरा तथ्यांकले पनि देखाउँछ। अहिले प्रचारप्रसार, घरदैलो, हाम्रो गठबन्धनका पार्टीहरु, नेताहरुको खटाइले अझ सहज हुनेछ।’

मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडी रहेको उल्लेख गर्दै प्रतिनिधि सभाको निर्वाचन पनि सजिलोसँग जित्ने दाबी गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad