ad ad

राजनीति


काठमाडौं १ मा राप्रपा नेपालको समर्थन एमालेलाई

काठमाडौं १ मा राप्रपा नेपालको समर्थन एमालेलाई

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०७९ बिहिबार १४:२, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर १ मा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेकपा एमालेलाई सघाउने भएको छ। 

प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारहरुलाई राप्रपा नेपालले सघाउने भएको हो। 

यो क्षेत्रमा एमालेबाट प्रतिनिधि सभातर्फ युवा नेता किरण पौडेल उम्मेदवार छन्। 

काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलाई सघाउने सहमति भएको राप्रपा नेपालका अध्यक्ष श्याम घिमिरेले  बताए। 

घिमिरेले प्रतिनिधि सभामा राप्रपा नेपालकी उम्मेदवार शान्ति केसी तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सविना श्रेष्ठको पनि उम्मेदवारी निष्क्रिय गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .