राजनीति


जसपा र राप्रपासँग तालमेल गरेको भन्दै एमाले केन्द्रीय सदस्य रामले छोडे पार्टी

जसपा र राप्रपासँग तालमेल गरेको भन्दै एमाले केन्द्रीय सदस्य रामले छोडे पार्टी

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार २१:४४, काठमाडौँ

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव रामप्रित रामले पार्टी परित्याग गरेका छन्। 

आसन्न मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी जसपा र राप्रपा, राप्रपा नेपालसँग तालमेल गरेकोप्रति असन्तुष्टि देखाउँदै रामले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। 

सोमबार जारी विज्ञप्तिमा ‘पार्टी केन्द्रीय कमिटीको बैठकले आसन्न प्रितिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्टाउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरुसँग गठबन्धन गरिएको’ उनले आरोप लगाएका छन्। 

साथै उनले ‘४–५ दशकदेखि पार्टी संगठनमा योगदान तथा त्याग गरेका कमरेडहरुलाई टिकटबाट बञ्चित गर्नु तर कुख्यात पञ्चायतकालीन तस्कर राजसंस्था पुनःस्थापनाका लागि गतिविधि गर्ने कमल थापालाई पार्टीले टिकट दिएर सूर्य छापबाट चुनाव’ लडाएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad