नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हासिल गर्ने दाबी गरेका छन्।
शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन्।
उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढीरहेको पनि उल्लेख गरे। ‘काठमाडौं १ मा गठबन्धनले नै जित्छ । स्वच्छ खानेपानी कहिले दिन्छौ भनेर कराउँछन्,’ उनले भने, ‘शिक्षाको गुणस्तरमा सुधार हुनुपर्ने, स्वास्थ्यमा निःशुल्क र गुणस्तर हुनुपर्ने माग गरेका छन्।’
उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।
‘हामीले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर आधार मानेर हामी अघि बढीरहेका छौँ। संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिनुप¥यो भन्नेकुरा, गठबन्धन किन बन्यो भन्नेकुरा संविधानलाई रक्षा गर्न बनेको हो,’ सिंहले भने, ‘अहिलेको निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने र जनतालाई बिरलिएका मुद्दाहरुमा तीन तहकै सरकारले पूर्ण रुपमा काम गर्न पाएभने केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्न चाहेका छौँ।’
नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दाबी गरे।
उनले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो? भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए। नेता सिंहले
आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार र निःशुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताहरुले माग गरेको भन्दै त्यसलाई पूरा गर्ने बताए।
संविधान जारी गर्यौं तर त्यसलाई लागू गर्न आवश्यक संघीय कानूनको अभावका कारणले गर्दा संघीय सरकार, प्रान्तिय सरकार र स्थानीय सरकारहरुको अधिकार जुन छ, त्यसको कार्यान्वयन गर्न आवश्यक कानून निर्माणको आवश्यक छ । जनताले के फरक भयो भन्नेकुरा भनिरहेका छन् ।
नेता सिंहको घरदैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बनेका थिए।
Shares

प्रतिक्रिया