मोरङ क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’मा आज (२५ कात्तिक) उम्मेदवारहरूको नामावली प्रकाशित हुँदै छ। निर्वाचन आयोगका अनुसार आज नै उम्मेदवारहरुलाई निर्वाचन चिह्न समेत प्रदान गरिने छ।
नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको हो।
सो क्षेत्रमा कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ। चुनावी मैदानमा रहेका शेखरचन्द्र थापाको डेंगु र निमोनियाका कारण बुधबार निधन भएको थियो।
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको निधनपछि निर्वाचन आयोगले मंसिर ४ मै निर्वाचन गर्ने निर्णय गरेको थियो।
यसैबीच कांग्रेस कार्यकर्ताले भने शेखरचन्द्रकी पत्नी लक्ष्मी थापालाई टिकट दिनुपर्ने भन्दै आन्दोलन थालेका छन्। कांग्रेसका कार्यकर्ताहरुले प्रदेशसभा सदस्यको टिकट लिम्बूलाई दिएको भन्दै नाराबाजी थालेका हुन्।
Shares

प्रतिक्रिया